News Portal

पर्यटन व्यवसायीको भुटान भ्रमणः ‘पाेखरा र भुटानलाई पर्यटन मार्फत जोड्न सकिन्छ’

साथीन्यूज संवाददाता
३५१ पटक

पोखरा ।
पोखराका पर्यटन व्यवसायी भुटानको पाचँ दिने भ्रमण सकेर पोखरा फर्केका छन् । पदयात्रा व्यवसायीको छाता संस्था टेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायीको १५ जनाको टोलीले भुटानका नागरिकलाई पोखरा भ्रमणको निम्तो दिएर फर्केको हो ।

कार्यक्रमका संयोजक एवं टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले भ्रमणका क्रममा भुटानमा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए ।

भ्रमणको क्रममा भुटानका परराष्ट्रमन्त्री दिननाथ ढुङगेल, भुटान दलका संसदीय दल नेता लाक्पा छिरिङग तामाङ तथा पर्यटन विभागका डाइरेक्टर डोक्या रिन्जिम लगायतको उच्चस्तरीय नेतृत्वसंग भेट तथा पर्यटनका वारेमा छलफल भएको थियो ।


भेटमा संयोजक आचार्यले पर्यटनको विकासमा नेपाल र भुटानले हातेमालो गर्न सकिने बताए । भुटानको धर्म, संस्कृती, भाषा र डाडाँकाडाँ नेपालसंग मिल्दोजुल्दो रहेको अवगत गराए । नेपालको पदमार्ग सकेर भुटानमा भ्रमण गरेमा पर्यटकको यात्रा पूर्ण हुने तर्क आचार्यले गरेका थिए ।

पाेखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको अन्तराष्ट्रिय विमानस्थल र भुटानको पारो विमानस्थलबिचमा उडान गर्नेवारे चासो राखेका थिए । भारतिय पर्यटकलाई जस्तै नेपाली पर्यटकलाई पनि भुटान आउनका लागि सहजिकरण गर्न टोलीले आग्रह गरेको थियो । नेपाल र भुटानलाई पर्यटन मार्फत जोड्न सकिने श्रेष्ठको भनाई थियो ।

परराष्ट्रमन्त्री डुङ्गेलले आफु नेपाल आउन इच्छुक रहेको बताए ।

पोखरा महानगरपालिका तथा वेपाल पर्यटन बोडैको सहकार्यमा पर्यटन व्यवसायीको टोली भुटान पुगेको हो ।

 

प्रतिकृया दिनुहोस्