Skip

News Portal

पोखरा–१४ मा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

साथीन्यूज संवाददाता
२८३ पटक

१३ फागुन, पोखरा ।

पोखरा महानगरपालिका वडानम्बर १४ को आयोजनामा वडाअध्यक्ष कप अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति वडानम्बर १४ को व्यवस्थापन र मनोहर युवा क्लबको सहकार्यमा वडाले भलिबल प्रतियोगिता गर्न लागेको हो ।

खेलको माध्यमबाट पोखरा महानगरका वडा–वडाबाट खेलाडी उत्पादन गर्ने र वडालाई भलिबलको हव बनाउने उदेश्य रहेको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए । खेल गतिबिधि बढाउन सकियोस् भन्ने उदेश्यले वडामा खेलकुद विकास समिति गठन गरिएको उनले जानकारी दिए ।

यही फागुन २२ देखि २४ गतेसम्म संचालन हुने प्रतियोगिता मनोहर युवा क्लवको खेल मैदान मनकामना टोलमा हुनेछ । सबै वडालाई पत्र पठाइएको र सहभागिताको लागि आग्रह गरिएको अध्यक्ष कार्कीले बताए । यही फागुन २० गतेसम्म टिम दर्ता गर्न सकिने छ ।

खेलकुद विकास समिति पोखरा १४ का अध्यक्ष शिवशंकर जिसीले प्रतियोगिता विजेताले १ लाख १ हजार ४१४, उपविजेताले ५५ हजार १४, तेस्रो हुनेले २५ हजार १४ र सान्त्वना हुने वडाले १५ हजार १४ रुपैया पुरस्कार पाउने जानकारी दिए ।

त्यस्तै विधागत तर्फ ५ खेलाडीलाइ पुरस्कृत गरिनेछ । सर्वोत्कृष्ट खेलाडीले ७ हजार १४ पुरस्कार पाउने छन् भने उत्कृष्ट ४ खेलाडी जनही ५ हजारका दरले पुरस्कृत हुनेछन् ।

टिम दर्ताका लागि ७ हजार पाँच सय शःुल्क लाग्ने मनोहर युवा क्लवका अध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक रामजी जिसीले जानकारी दिए ।

प्रतियोगितामा सहभागि हुने टिमले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी २ जना समावेस गर्न सक्नेछन् भने अन्य खेलाडी सबै वडाको स्थाइ वासिन्दा वा मतदाता हुनुपर्ने छ ।

प्रतियोगिता पोखरा महानगरपालिका अन्तरगतका ३३ वटा वडाबाट टिम दर्ता गर्न सकिने छ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख ६२ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्