
२० माघ, पोखरा ।
लोक कवि अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी (सेतो)ले जितेको छ । आइतबार पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा भएको फाइनल खेलमा लिभिक एफसी (बी)लाई ट्राइवेकरमा २–३ को गोल अन्तरले हराउँदै रामघाटले उपाधि हात पारेको हो ।
निर्धारित समयसम्म दुवै टीमबाट गोल हुन नसक्दा उपाधीको छिनोफानो टाइब्रेकरबाट भएको थियो । गोलकिपर प्रविन गुरुङले लिभिकका खेलाडीको प्रहार रोक्न सफल हुदाँ रामघाटले उपाधि जित्न सफल भयो ।
जीतसँगै रामघाटले १ लाख ४० हजार सहित प्रतियोगिताको ट्रफि हात पारेको छ, भने उपबिजेता लिभिकले ८५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ ।
फाईनल खेलमा सुरुदेखी नै लिभिकलाई दवाबमा राखेका रामघाटका खेलाडीहरुको धेरै प्रहार बिफल भएको थियो । टाईब्रेकरमा रामघाटका गोलकिपर प्रविन गुरुङ चम्किएपछि लिभिक स्तब्ध भयो ।
खेलमा सर्वोत्कृष्ट खेलाडी रामघाटका सुशन गुरुङ घोषित भए । यस्तै रामघाटकै विशान गुरुङ सर्वोत्कृष्ट मिडफिल्ड र प्रविन गुरुङ सर्वाधिक गोलकर्ता भए । लिभिकका संगम ठकुरीले सर्वोत्कृष्ट डिफेन्डर घोषित भए भने माछापुच्छ«े त्रिशक्तीका मनिस ठकुरी सर्वोत्कृष्ट गोलकर्ता घोषित भए ।
यस्तै अनुशासीत टिम घोषणा भएको माछापुच्छ«े त्रिशक्तीले ट्रफी प्राप्त गर्यो । विधागत तर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैया र ट्रफी प्राप्त गरे ।
नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा यही माघ १३ गते देखि प्रतियोगिता सुरु भएको थियो ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई पोखरा महानगरपालिका वडानम्बर १३ का अध्यक्ष किरण बराल, वडानम्बर २६ का अध्यक्ष नरेन्द्र थापा, समितिका अध्यक्ष अब्वास अलिमियाँ लगायतले मेडल, शिल्ड, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।