News Portal

रवि लामिछानेसहितका हिरासतका सातैजना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश

साथीन्यूज संवाददाता
९ पटक

पोखरा । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित हिरासतमा रहेका सातैजना आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ रविसहित सातैजनाको हकमा उक्त आदेश दिएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले पूर्वडिआइजी छविलाल जोशीसँग ८८ लाख धरौटी माग गरेको हो।

उनीसहित रास्वपाका सभापति रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। अन्यलाई पनि अदालतले धरौटीमा छाडेको हो। रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरेको हो।

सहकारी ठगीको मुद्दामा जोडिएका रास्वपाका सभापति रवि लामिछाने पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस्