काठमाडौ।
संघीय संसद् सचिवालयले रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा राखेको सूचना निकालेको छ ।
संसद् सचिवालयका महासचिव पद्यम प्रसाद पाण्डेयले आज जारी गरेको सूचनापत्रमार्फत लामिछानेको सांसद पद निलम्बनमा परेको जनाईएको हो ।
उक्त सूचनापत्रमा भनिएको छ–
‘चितवन जिल्ला क्षेत्र नम्बर द्द बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१ पुष ७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पुरक अभियोगपत्र ९दर्ता नम्बर २०८१–८१–)४३५) दर्ता भएको व्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन–२०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकील कार्यालय, कास्कीको पत्र प्राप्त हुन आएको हुँदा उक्त पत्र संलग्न राखी पठाईएको भन्ने समेत व्यहोरा उल्लेख गरी जिल्ला प्रहरी कार्यालय ९अपराध अनुसन्धान तथा कारबाही शाखा०, कास्कीबाट ९प.सं. २०८१÷०८२ च. न. ११५२७ मु. द. न. ६८९०८००।०८१० मिति २०८१÷०९÷०७ मा सम्माननीय सभामुखलाई सम्बोधन गरी पत्र प्राप्त भएको र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ मा प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐनबमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ ।’