News Portal

युनाईटेड क्लबको आयोजनामा अमरसिंहमा ‘पोखरा महोत्सव’

साथीन्यूज संवाददाता
३ पटक

पोखरा, ७ पुस ।

तेहौं संस्करणको पोखरा महोत्सवमा २ सय ५० स्टल बुकिङ भएका छन् । पोखराको अमरसिंहचोकमा युनाईटेड क्लबको आयोजनामा महोत्सव हुन लागेको हो । आगामी पुषको २५ देखि माघको ७ गते सम्म हुने महोत्सवमा स्टल बुकिङ सकिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा महोत्सव सामाजिक कामकै लागि आयोजना भएको जानकारी दिए । महोत्सवको मिति नजिकिदै गर्दा महोत्सवको तयारी तीब्र रुपमा अगाडी वढिरहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

महोत्सवमा २ लाख ५० हजार दर्शक आउने अनुमान गरिएको छ । जसबाट १ करोड ५१ लाख ७५ हजार अँम्दानी हुने र १ करोड १७ लाख ७५ हजार खर्च हुने छ । महोत्सवबाट खर्च कटाएर २८ लाख १५ हजार बचत हुने क्लवको अनुमान छ ।

महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

तेह्रौं संस्करणदेखी युनाईटेड क्लबले आफ्नो परियोजनामा युनाईटेड छात्राबासलाई अगाडी सारेको छ । उक्त परियोजना अन्तर्गत हालै मात्र पोखरा २७ अर्चलेमा रहेको क्लवको आफ्नै जग्गामा हालै मात्र युनाइटेड आवासिय छात्राबासको सिलान्यास सम्पन्न गरी निर्माण कार्य अगाडी बढाइएको छ । उक्त छात्राबास मार्फत गरिब विद्यार्थीलाई आवासिय सुविधा सहितको शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको छ ।

युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ ।

प्रतिकृया दिनुहोस्