पोखरा, ७ पुस ।
पोखरामा पाचौँ यःमरी महोत्सव हुने भएको छ । महोत्सवमा नेवार समुदायको मौलिक परिकार यःमरी बनाउने प्रतियोगितासमेत हुनेछ ।
पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयको आयोजना र नेवाः मिसा पुचः कास्कीको समन्वयमा पुस १३ गते महोत्सव हुन लागेको हो ।
वडानम्बर ४ को कार्यालयमा आइतबार पात्रकार सम्मेलन गरी महोत्वसव वारे जानकारी दिइएको छ ।
पोष १३ गते वडा कार्यालय परिषरबाट प्रभातफेरी आयोजना गरिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । पोखरा–४ को कार्यालयबाट सुरु हुने ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल हुँदै गणेशटोलमा पुगेर उद्घाटन समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले जानकारी दिए ।
३२ वटा मिस पुचःले प्रतियोगितामा सहभागिता जनाउने छन् । उनका अनुसार महोत्सवमा यःमरीसहित बारा, सेलरोटी, समयबजीलगायतका परिकारहरुको स्टल रहने छन् । ६ वटा खानाका स्टरमध्य तीन वटा स्टरमा यःमरीका परिकार बन्ने छन् ।
महोत्सवमा सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । सास्कृतिक कार्यक्रममा लोकदोहोरी गायक पशुपती शर्मा लगायतका कलाकारले प्रस्तुती राख्ने अध्यक्ष पराजुलीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पोखराको पूरानो बस्ती गणेशटोलमा महोत्सव हुने छ । महोत्सवमा सडकमा हुने छ । ‘पोखराको पूरानो बजार जुन ऐतिहासिकता र मौलिकतासँग जोडिएको छ । यसलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ मूल उदेश्यका साथ महोत्सवको आयोजना गरिएको आयोजकको भनाई छ ।
महोत्सवमा यःमरीको प्रदर्शनीसँगै पाहुनालाई स्वाद चखाउन बिक्रीको व्यवस्था मिलाइने छ । महोत्सवमा नेवारी परिकारको प्रदर्शनीसँगै खरिदबिक्री हुनेछ ।