News Portal

पोखर वाम्दीमा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता जारी

साथीन्यूज
२३ पटक

पोखरा,
पोखरा महानगर २३ वाम्दीमा ‘ पर्यटन प्रवद्र्धनमा खेलकुद ’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगितामा शान्त भलिबल टेनिङग सेन्टर, भकुण्डे पोखरा, गुरुकुल विद्या सद, नयाँबजार पोखरा, धादिङ स्पोर्टस् क्लब, धादिङ र एलिट भलिबल एकेडेमी, पोखरा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शान्तले बागलुङ नगरपालिका, बागलुङलाई ३–२ को सेटमा पराजित गदै सेमिफाइनलमा पुगेको हो । यस्तै गुरुकुलले हरिनास गाउँपालिका, स्याङ्जालाई ३–२ को सेटमा पराजित गदै सेमिफाइनलमा पुगेको हो ।

धादिङले निर्माया दोहोरी साझलाई सोझो ३–० को सोझो सेटमा पराजित गदै सेमिफाइनलमा पुगेको हो भने एलिटले टिम पोखरालाई ३–० को सोझो सेटमा पराजीत गदै सेमिफाइनल यात्रा तय गरेको हो ।

भोली हुने सेमिफाइनलको पहिलो खेल घादिङ स्पोर्टस् र गुरुकुल बिच हुने छ । दोस्रो सेमिफाइनल खेल शान्त भलिबल र एलिटकाबिच हुने खेल संयोजक पूर्णबहादुर (जापान) गुरुङले जानकारी दिए ।

नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल महिला भलिबल टिमका सिनीयर खेलाडी वा आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका बढिमा २ जना खेलाडी टिममा सहभागि गराउन सक्ने नियमका आधारमा खेलाइएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफि र मेडल प्राप्त गर्ने छ । भने द्धितिय हुने टिमले नगर ५० हजार ट्रफि र मेडल प्राप्त गर्ने छ । यस्तै सेमिफाइनलमा पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउने अध्यक्ष पराजुलीले जानकारी दिए ।
विधागत तर्फ सात विधाका उत्कृष्ट पुरस्कार वितरण गरिने आयोजक चापाकोट पर्यटन प्रवद्र्धन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्