पोखरा, २८ मंसिर ।
पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्याटन गरे ।
चापाकोट पर्यटन समितिले विगत वर्ष देखिनै कार्यक्रम आयोजना गरेर यस क्षेत्रको प्रचार प्रसारमा काम गरेको आचार्यले बताए । फेवाको उत्तर तर्फको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको आचार्यले बताए ।
महिला भलिबलले पछिल्ला दिनमा राम्रो प्रदर्शन गरिहेको बताउदै आचार्यले महिला भलिबल प्रतियोगिता राखेर आयोजकले खेलकुदको प्रवद्र्धनमा समेत कम गरेकोमा धन्यवाद व्यक्त गरे ।
समितिका अध्यक्ष भीम पराजुलीले महिला भलिबलको प्रवद्र्धन गर्ने उदेश्यले महिला प्रतियोगिता आयोजना गरिएको बताए । उनले वडानम्बर १३ को बामदीमा प्याराफिट सहितको मैदान बनाउने उदेश्य रहेको बताए । सास्कृतिक कार्यक्रमको रुपमा विगत पाँच वर्ष देखि आयोजना हुदैँ आए पनि अहिलेबाट महिला भलिवल प्रतियोगिता पनि समावेस गरिएको पराजुलीको भनाई छ ।
समितिका सचिव धनश्याम पराजुलीले महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम तीन दिनसम्म संचालन हुने जानकारी दिए ।
शुक्रबार दुइ खेल सम्पन्न
महिला भलिबलमा निर्माया दोहोरी र एलिट भलिबलको विजयी सुरुवात
चापाकोट पर्यटन प्रवद्र्धन समिति पोखरा–२३ को आयोजनामा बामदीमा सुरु भएको महिला भलिबल अन्र्तगत शुक्रबार दुइवटा खेल सम्पन्न भएका छन् । उद्याटन खेलमा निर्माया दोहोरी साँझ, पोखराले विजयी सुरुवात गरेको छ । निर्मायाले राइट फर चिल्डे«न, पोखरालाई ३–० को सेटमा पराजीत गदैँ अघिको यात्रा सुरक्षित गर्यो ।
यस्तै दोस्रो खेलमा एलिट भलिबल एकेडेमी, नदिपुर पोखराले टिम पोखरालाई ३–० को सोझोसेटमा पराजीत गर्यो ।
तेस्रो खेल गुरुकुल विद्या सदन, नदिपपुर पोखरा र हरिनास गाउँपालिका, स्याङ्जा वडानम्बर ५ बिचको खेल समय अभावका कारण स्थगित भएको छ । दुवै टिमले १÷१ सेट जितेको अवस्थामा समय अभाव भएकाले स्थगित गरिएको प्रतियोगिताका प्राविधिक संयोजक पूर्णबहादुर (जापान) गुरुङले जानकारी दिए ।
नकआउट सिस्टमका आधारमा खेलाइएको खेलमा १० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल महिला भलिबल टिमका सिनीयर खेलाडी वा आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका बढिमा २ जना खेलाडी टिममा सहभागि गराउन पाइने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, ट्रफि र मेडल प्राप्त गर्ने छ । भने द्धितिय हुने टिमले नगर ५० हजार ट्रफि र मेडल प्राप्त गर्ने छ । यस्तै सेमिफाइनलमा पुग्ने टिमले १५ हजारका दरले पुरस्कार पाउने अध्यक्ष पराजुलीले जानकारी दिए ।