News Portal

किसुनजीको जन्मजयन्तीको अवसरमा विचार गोष्ठी सम्पन्न

साथीन्यूज संवाददाता
११ पटक

पुष ८ऽ पोखरा ।
नेपाली कांग्रेसका संस्थापक नेता एवम् पूर्व प्रधानमन्त्री सन्त नेता किष्णप्रसाद भट्टराई (किसुनजी)को १०१ औं जन्मजयन्तीको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको आयोजनामा भएको गोष्ठी पूर्व मन्त्री दिपकुमार उपाध्यायले पानसमा बत्ति वालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री उपाध्यायले किसुनजीको जीवनीको वारेमा व्याख्या गरेका थिए । आध्यात्मिक व्यक्ति समेत रहेका किसुन जीमा स्वार्थको भाव नरहेको र आफू हारेर पनि पार्टी र देशको फाइदाको लागि सधै लडेको जानकारी गराएका थिए । राजनीतिमा हार र जीतले कुनै प्रभाव नपार्ने बताउँदै जीत र हार भन्दा माथी आफूलाई राख्नुपर्ने कथ्य सिकाएको बताए ।

अहिलेको राजनीति अनैतिकता छलछाम, स्वार्थमा वगेको देखिएको बताउदै डन र धनको संस्कृति मौलाएर गम्भिर रोगको शिकार बन्न पुगेको छ । उनले भने, ‘अब रोगलाग्यो यसलाई सर्जरी नै गर्नुपर्ने अवस्था आएको छ, अरुलाई दोष दिने होइन सत्यको खोजी गरेर असत्यलाई चिर्ने प्रयास गरिएन भने पार्टी खतराको अवस्थामा आइपुगेको छ ।’

पूर्वमन्त्री उपाध्यायले भने, ‘किसुन जी भन्नुहुन्थ्यो सत्ता प्राप्ती मेरो रुची होइन मोक्ष नै मेरो लक्ष्य हो, चरित्रमा इमान्दारिता भयो भने सबै झुक्नुपर्छ । किसुनजीले अबसर आएपछि अन्तरिम संविधान र निर्वाचन समयमानै काम गरेर साहस देखाउनुभएको, आर्थिक पारदर्शिता देखाउनुभएको, भाषणमा नभई व्यवहारमा देखाएका कामहरुले उहाँलाई सदा अमर राखेको छ ।’

त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले किसुनजी लगायतका नेताहरुको त्याग तपस्याका उहाँहरु आजपनि आदर्श पुरुष कहलिएको बताए । सभापति शर्माले राज्यको जिम्ेवारी पदमा हुदा वा नहुँदा पनि आफुलाई नचुकाएको आदर्श पुरुष रहेको बताउँदै वीपीलाई समेत किसुनजीले आफूलाई लागेको कुरा राखेर आफूतर्फ आकर्षण गराएका तथ्यहरु रहेको जानकारी गराए । उनले सत्य र निष्ठाको राजनीति गरेमा कहिल्यैपनि शीर झुकाउनु नपर्ने र पार्टी र संगठन बलियो हुने बताए ।

सभापति शर्माले ‘प्रजातन्त्र विना जनता र राज्यको जीवन स्तर सकरात्मक परिवर्तन असम्भव भएको बताउँदै प्रजातन्त्रमा जनता मालिक, कार्यकर्ता पार्षद र नेताहरु सेवक हुन्छन् । आज ठीक उल्टो भएको छ ।’ सबै विरासत छोडेर म नै सर्वव्यापी हो भनेर आउँदा आज पार्टी र देशको अवस्था नाजुक बन्न पुगेको उल्लेख गरेका थिए ।

किसुनजी लगायतको अग्रज नेताहरुको योगदान कार्यक्रममा होइन व्यवहारमा उतार्ने बेला आएको बताउँदै शर्माले जनता र राज्यको हितमा काम गरे पहिलाको विरासत पुन स्थापित हुने जानकारी गराएका थिए ।

प्रजातन्त्र स्थापनाका लागि कृष्णप्रसाद भट्टराईले १८ वर्ष जेल जीवन बिताएको र सदैब नेपाली जनताको जीवनस्तर उकास्न चिन्तित रहने गरेको बताए । किसुनजी जस्तो नेता संसारमा बिरलै मात्र पाउन सकिन्छ भन्दै गिरिजाबाबु, गणेशमान, सुबर्ण शमशेर सहित नेताहरुलाई मिलाएर कांग्रेसलाइ बलियो बनाउन किसुनजीको योगदान महत्वपुर्ण रहेको सभापति शर्माले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले गण्डकी प्रदेशले गरेको गोष्ठीले किसुनजीको जीवनीलाई कार्यकर्ता माझ पुर्याउन महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका थिए । भट्टराईले कांग्रेस भित्रबाट गिरिजाबाबु र किसुनजीको बिचमा द्वन्द बढाउन खोज्ने केहि नेताहरु समेत रहेको बताउंदै आँफु किसुनजीको प्रेरणाबाट राजनीतिमा सक्रिय बनेको समेत स्पष्ट पारे। उनले घर परिवारको माया मोह र सबै दवाब र प्रभावबाट मुक्त भएर देश र जनताको लागि सदैब क्रियाशील रहने प्रेरणा किसुनजी बाट नै मिल्ने भएकोले कांग्रेसजनले किसुनजीको इतिहास पढ्नुपर्नेमा जोड दिए।

नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्वमन्त्री यज्ञबहादुर थापाले किसुनजीले सिकाएको निष्ठा र त्याग सदा अमर रहने बताउँदै काँग्रेसलाई जनतामाझ लोकप्रिय बनाउनुपर्छ भनेर सदैब लागिपर्ने नेताको रुपमा किसुनजी रहेको स्पष्ट पारे । नेपाली कांग्रेस कास्कीका अध्यक्ष किशोरदत्त बरालले पार्टीलाई उत्पादन जोड्नुपर्ने जानकारी गराएका थिए । भने प्राडा कुशुमाकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको गोष्ठी सहमहामन्त्री कोपिला रानाभाटले स्वागत र प्रवक्ता माधव बास्तोला (मधु)ले धन्यबाद व्यक्त गरेको गण्डकी प्रदेश सदस्य एव प्रचार विभाग उपप्रमुख शिरोमणी बरालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्