News Portal

इक्यान कास्कीद्धारा ईम्पावरिङ एजुकेशन प्रोफेसनल कार्यक्रम सम्पन्न

साथीन्यूज
१४१ पटक

 

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले सदस्यहरुको क्षमता अभिबृद्धि गराउने उदेश्य सहीत एक कार्यक्रम सम्पन्न गरेको छ । अष्ट्रेलियाको चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनको सहकार्यमा इक्यानले ईम्पावरिङ एजुकेशन प्रोफेसनल कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा चर्चिल इन्स्टिच्युटका रिजनल मार्केटिङग डिरेक्टर विजय शर्माले कलेजको वारेमा जानकारी गराएका थिए । शर्माले वर्तमान समयमा अष्ट्रेलियामा विद्यार्थीको माग, कलेजले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अध्ययन गराउने विषय र भर्ना प्रकृयाको वारेमा जानकारी गराएका थिए । चर्चिल इन्स्टिच्युट अष्ट्रेलियाको सिड्नीमा रहेर ब्याचलर लेभलका विभिन्न मेजर विषयमा अध्यापन गराउने गरेको छ ।

कार्यक्रममा सहभागि इक्यान कास्कीका सदस्यलाई कलेजको प्रतिनिधिको रुपमा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र प्राप्त संस्थाले कलेजको प्रतिनिधिको रुपमा काम गर्न सक्नेछन् ।
इक्यान शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरुको छाता संस्था हो । इक्यान कास्कीमा ५० परामर्श व्यवसायी सदस्य रहेका छन् । अधिकांस सदस्यले शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरेका छन् ।

इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैह्यको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष तथा कास्की शाखाका सल्लाहकार भुवन बहादुर क्षेत्री र पूर्वअध्यक्ष तथा सल्लाहकार मिलन तिवारीले मन्तब्य राखेका थिए ।
उपाध्यक्ष क्षेत्रीले मन्तब्य राख्दै अष्ट्रेलियाको भिसा नीतिको वारेमा जानकारी गराएका थिए । क्षेत्रीले शैक्षिक परामर्श सेवालाई मर्यादित बनाउन आग्रह गरे ।
इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष सन्तोष शाहीले स्वागत मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्