News Portal

कार्वनल प्रोफेस्नल द्वारा देशभरी एक दिने कार्वनल ब्यूटी वर्कशप भब्यताका साथ सम्पन्न

अनिल अधिकारी
१५४५ पटक

पोखरा : सौन्दर्य प्रशाधानको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कार्वनल प्रोफेशनलको एक दिने ब्युटी वर्कशप सम्पन्न  भएको छ ।
करिब ३ बर्ष अघि नेपालमा भित्रीएको कार्वनल प्रोफेस्नल हङकङको प्रडक्ट हो ।  जुन नेपालमा भने फेमिली इन्टर्प्राइजेज प्रालीले ल्याएको हो । अर्गानिक बेसमा उत्पादन भएका कपालमा प्रयोग हुने सामाग्री बिक्री अहिले धमाधम भैरहेको फेमिली इन्टर्प्राइजेजका प्रबन्ध निदेशक नेत्र प्रसाद तिमिल्सिना ले जानकारी दिनु भयो ।
हालै मात्र नेपालको विभिन्न स्थानहरुमा एक दिने कार्वनल ब्यूटी वर्कशप भब्यताका साथ वरिष्ठ सौन्दर्यकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
जसमा
२०७८-०४ – ०९/१० गते  इटहरी
२०७८-०४ – ११ गते हेटौंडा
२०७८-०४ – १२ गते चितवन
२०७८-०४ – १४ गते नेपालगन्ज
२०७८-०४ – १५ गते सुर्खेत
२०७८-०४ – १७ गते पोखरा
२०७८-०४ – १८ गते स्याङ्जा

२०७८-०४ – २६ गते काठमाडौमा

कार्वनल ब्यूटी वर्कशप, नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरका हेयर ड्रेसर श्री रायन राई, जो एक सर्वश्रेष्ठ एकेडेमी (Toni & Guy) बाट हेयर मास्टर कोर्ष  पूरा गरेका हुन उनी द्वारा प्रत्यक्ष ट्रेनिङ सम्पन्न भएको छ ।

उक्त कार्यशाला गोष्ठीमा कम्पनीका प्रोडक्टहरुको बारेमा जानकारी गराउनुको साथै सौन्दर्य सामाग्रीहरुको प्रयोग गर्ने तरिका, त्यसका फाइदाहरुको बारेमा विस्तृत रुपमा सौन्दर्यकर्मीहरुलाइ थेउरी सङ्गै प्रायाेगात्मक रुपमा बताइएको थियो ।                 

कार्वनल प्रोफेशनलको प्रोडक्टहरुमा अर्गानिक बेस, लो केमिकल, भिटामिन-ई, कोलाजिन, एकाई वाईल, अर्गान वाईल, डबल ट्रिट्मेण्ट, हेयर कलर, थ्री इन वान स्ट्रेट क्रिम, केराटिन क्रिमलगायत सबै प्रकारका सौन्दर्य सामाग्री उपलब्ध रहेको कम्पनीका कार्यकारी निर्देशक नेत्र प्रशाद तिमिल्सिना बताएका छन् ।                 

कार्वनल प्रोफेशनल सौन्दर्य प्रशाधान क्षेत्रमा बरदाननै साबित भएको दावी पनि गरिएकाे छ। कपालको प्रकृति अनुसार सबै प्रकारको कपालहरुलाइ स्वस्थ, चम्किलो, स्ट्यालिस्ट, कलरिङ, ट्रिटमेन्टदेखि अन्य हरेक किसिमका सौन्दर्य उत्पादनहरु उपलब्ध भएको कार्वनल प्रोफेशनल सौन्दर्यकर्मीहरुको मात्र नभएर सेलेब्रेटीदेखि सर्बसाधारणहरुको समेत रोजाइमा परेको छ।

सो अबसरमामा कम्पनीको तर्फबाट नेत्र प्रसाद तिमिल्सिना टंक प्रसाद तिमिल्सिना, प्रदीप तिमिल्सिना प्रमोद तिमिल्सिना ,गोबिन्द प्रसाद
तिमिल्सिना र राज गोपाल सापकोटाको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्