News Portal

पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा

साथीन्यूज
७८ पटक

पोखरा २८ बैशाख ।
पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा नेपाल पर्यटन बाेर्ड गण्डकीकाे  सहयाेगमा पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।

पयर्टन ब्यवसायी तथा स्थानिय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह््य पर्यटकका लागि भ्रमणका लागि अनुरोध गरेका छन् । बन्दिपुरलाई एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको थापाले बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको उनले सुनाए ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दिपुर पनि जान सक्ने बताए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफुहरु लागेको बताए ।

कार्यक्रममा बन्दिपुर गाउँपालिकाका जनप्रतिनिध, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल संघ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दिपुर भ्रमण वर्षका वारे बोलेका थिए ।

प्रतिकृया दिनुहोस्