Skip

News Portal

एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर

शोरुम उद्याटनको अवसरमा एक वर्षको लागि सडक कर र इन्सुरेन्सको सुविधा

साथीन्यूज
१६७ पटक

पोखरा, २८ माघ ।
एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । कम्पनीले आज ९सोमबार० एक कार्यक्रमका विच शोरुम संचालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् ।
पोखराका ग्राहले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका सिइओ सुजन ढुंगेलले जानकारी दिए । एफफाइभ ए प्रो मोडलको स्कुटर शोरुमबाट विक्री सुरु भइसकेको छ ।
नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि अफर दिएको छ । फास्ट चार्जर सित्तैमा पाउने सिइओ ढुंगेलले बताए । फास्ट चार्जरले २ घण्टामा ब्याट्री फुल चार्ज गर्न सक्छ । साधारण चार्जले ६ देखि ७ घण्टामा ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले १५ दिनको लागि दिएको अफरमा एक वर्षको लागि सडक कर र इन्सुरेन्सको समेत ग्राहले सुविधा पाउने छन् ।


विषेशगरी स्कुटरमा जडान गरीएको प्रविधि र आकर्षक ’लुक्स’ देखि ’कम्फर्ट’सम्मका कारण ग्राहकले फरक अनुभूति गर्ने कम्पनीले जनाएको छ ।
नेपालको बाटो र उकाली–ओरालीमैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल रहेको कम्पनीले दावी गरेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।
स्कुटरमा १६ इन्च अगाडि र १४ इन्च पछाडि टायर रहेको छ । टायर साईज ठूलो भएकोले यो निकै आरामदायी छ । २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो हो ।


स्पोर्टी डिजाइन बनेको एफफाइभ ए प्रो मोडलको स्कुटरमा साइड ड्राइभ ३ के मोटर, १२० किलोमिटर रेन्ज रहेको छ । नेपालमा उपलब्ध कुनै पनि बिद्युतिय स्कुटर उक्लन नसक्ने उकालोमा यो स्कुटर सहजै उक्लन सक्दछ ।
ब्याट्री चार्जका लागि छुट्टै व्यवस्था गर्न नपर्ने र घरमा टिभि, फ्रिज जोडे जस्तै तरिकाले जोड्न सकिने छ । ब्याट्रीमा २००० साइकल हुन्छ । दैनक फुल चार्ज गर्दा पनि यो भनेको ५ वर्ष भन्दा बढि समय टिक्छ ।
स्कुटरमा भएको प्रविधि तथा ब्याट्रिको तुलनामा बजारमा आएका अन्य कम्पनीका स्कुटर भन्दा यसको मूल्य अत्यन्तै सुलभ रहेको कम्पनीको भनाई छ ।
एफडी मोटर्स ब्राण्डका विद्युतीय स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने छ ।

प्रतिकृया दिनुहोस्