अन्य महिलाका तुलनाम ाअपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्गमहासङ्घ नेपालको पछिल्लो अध्ययनले समाजमा हेलत्वको भावना र हिंसाको चपेटामा त्यस्ता महिला बढी पर्ने गरेको देखाएको हो । अध्ययनले अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा पर्ने गरेको तर उजुरीको दर भने १६ प्रतिशत मात्र रहेको देखाएको छ ।
अपाङ्गता भएका व्यक्तिको २९औँ अन्तराष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र महासङ्घ सहित संस्थाले आज भर्चुअलरुपम ाआयोजना गरेको ‘अपाङ्गता भएका महिला माथि निरन्तर भइरहेका विभिन्न प्रकारका हिंसाको पृष्ठभूमिमा अपाङ्गता भएका व्यक्तिको न्यायमा पहुँचको अवस्था’विषयक बहसमा सो जानकारी दिइएको हो । कार्यक्रममा महासङ्घका महिला उपाध्यक्ष रमा ढकालले अध्ययनमा अन्य महिलाभन्दा १० गुणा बढी अपाङ्गता भएका महिला हिंसामा परेको पाइएको बताइन् ।
अपाङ्गता भएका ६७ प्रतिशत महिला हिंसामा
साथीन्यूज संवाददाता
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो