News Portal

निहारिका र शिवराजले गरे विवाह

साथीन्यूज
७६२ पटक

‘कुमारी आमा’ का रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन्।

उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन्।

बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन्।

यही माघ १७ गते जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएपछि उनीहरू विवाह बन्धनमा बाँधिएका हुन्।

निहारिकाले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशनसमेत बसेकी थिइन्।

प्रतिकृया दिनुहोस्