News Portal

पुम्दीकोटमा जारी महायज्ञमा ५ दिनमा एक करोड संकलन

साथीन्यूज
८६९ पटक

पोखरा । पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा एक करोड रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत बिहिबारसम्म एक करोड रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले जनाए ।

महायज्ञको पाचौं दिन करिब १५ लाख २० हजार रुपैया मात्र संकलन भएको समितिले जनाएको छ । बिहिबार महायज्ञमा पोखरा २२ फुर्सेखोला निवासी इन्स्युवा तामाङ, डबल्स म्याकलनले २ लाख २५ हजार १ सय रुपैया सहयोग गरेको सदस्य बरालले बताए । महायज्ञमा वसन्त कुमार लिगलबाट २ लाख २५ हजार, स्थानिय.इन्द्र प्रसाद बरालबाट १ लाख २३ हजार ८ सय ९२ रुपैया सहयोग गरेका हुन्।

त्यसै गरी महायज्ञमा पोखरा १७ को विरौटा पेन्ट्स स्टील एण्ड एल्मुनियम हाउस, पोखरा २२ डाँडाथोक निवासी भवनराज बराल र स्थानिय शेषकान्त बरालबाट जनही ५५ हजार ५ सय ५५ रुपैया सहयोग गर्नु भएको हो । त्यस्तै पूर्व कर्मचारी सेवा परिषद कास्की शाखाले ५१ हजार, पोखरा १७ को शुसन्त टोल आमा समुहबाट ५० हजार ५ सय ५५, स्थानिय विकास मुलक आमा समुहबाट ४३ हजार १ सय ५१ रुपैया महायज्ञमा प्राप्त भएको समितिले जनाएको छ ।

महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका छन्। पोखराको पार्दी विरौटा(बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । दाताहरुलाई महायज्ञ स्थलमा पन्चे बाजागाँजा सहित भजन चुड्काको साथमा अभिनन्दन सहित सम्मान गर्ने गरिएको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे उनले जनाए । महायज्ञमा विभिन्न क्षेत्रबाट दाताहरु उत्साहजनक रुपमा सहभागि हुने क्रम जारी रहेको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

प्रतिकृया दिनुहोस्