Skip

News Portal

बिजीएन किचन एण्ड इलेक्ट्रोनिक्स पोखराको हरिचोकमा संचालनमा

साथीन्यूज संवाददाता
६२ पटक

२७ फागुन, पोखरा ।
पोखराको प्रतिष्ठित व्यवसायीक संस्था बिजीएन ग्रुप प्रालिले पोखरा महानगरपालिकाको वडानम्बर १ मा बिजीएन किचन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएको छ ।

बिजीएन ग्रुपलले पोखरा–बागलुङ राजमार्ग तथा कोरला नाकाको प्रवेश बिन्दु पोखरा हरिचोकमा नयाँ आउटलेट संचालनमा ल्याएको हो ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले आउटलेट संचालनमा ल्याएको जनाएको छ ।

कम्पनीका प्रबन्ध संचालक बालाकृष्ण कोइरालाले आफ्नै भवनमा घरयासी प्रयोजनका बस्तु बिक्री सुरु गरिएको जानकारी दिए ।

ग्रुपले भौतिक पूर्वाधार निर्माण क्षेत्रमा कार्य गदैँ आएको थियो, काइरालाले भने, अहिले उपभोक्ताको आवश्यकता र मागलाई मध्यनजर गदैँ किचन एण्ड इलेक्ट्रोनीक्सको नयाँ आउटलेट संचालनमा ल्याएका हौँ ।

हरिचोकदेखी याम्दी सम्मको सडक स्तरोन्तीको काम र आर्थिक मन्दीले समेत चुनौती थपिरहेको सन्दरभमा उक्त क्षेत्रको व्यवसायलाई चलायमान बनाउन चुनौती रहे पनि गुणस्तरीय बस्तु शुलभ मुल्यमा उपभोक्ताको भान्सामा पुर्याउने उदेश्यले व्यवसाय संचालनमा ल्याइएको प्रबन्ध संचालक कोइरालाले बताए ।

सुरुवाती चरणमा २ करोडको लागतमा बिजीएन किचन एण्ड इलेक्ट्रोनीक्स संचालनमा आएको कोइरालाले बताए । सबै प्रकारका किचन र इलेक्ट्रोनिक्स सामाग्री उपभोक्ताले खरिद गर्न सक्ने छन् ।

भान्सामा प्रयोग हुने ग्यासदेखी हिटर, पानी तताउने वाटर डिस्पेन्सर, वासिङमेसिन, गिजर, इलेक्ट्रीक भाडाकुडा साथै होटल तथा प्रतिष्ठानहरुका लागि आवश्यक बिजीएन किचन र इलेक्ट्रोनीक्सका सम्पूर्ण सामाग्री उपलब्ध हुने कोइरालाले बताए ।

ग्राहकका लागि विक्री खुल्ला भइसकेको भए पनि यही फागुन २८ गते नयाँ आउटलेटको औपचारीक उद्याटन हुने संचालक रामकृष्ण कोइरालाले जानकारी दिए । गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्याटन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

उद्याटनको अवसरमा १० प्रतिशत छुटको समय सुविधा रहेको कोइरालाले बताए ।

बिजीएन ग्रुप निर्माणको क्षेत्रमा उत्कृष्ट कर्य गदैँ आएको कम्पनी हो । जस अन्तरगत भक्तगौरी निर्माण प्रालि, बिजीएन टे«ेडर्स (मोटर पार्टस), बिजीएन निर्माण प्रालि संचालनमा छन् ।

कम्पनीका प्रबन्ध निर्देशक कोइराला हेवि इक्वीपमेन्टका संघको केन्द्रीय सदस्य र कास्की जिल्ला अध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्