Skip

News Portal

‘जनयुद्ध दिवस’ मा नेकपा (माओवदी केन्द्र) धादिङ–पोखरा जनसम्पर्क मञ्चको रक्तदान

साथीन्यूज
८९ पटक

नेकपा (माओवदी केन्द्र) धादिङ–पोखरा जनसम्पर्क मञ्च, कास्कीले जनयुद्ध दिवसको अवसरमा पोखरामा खुल्ला रक्तदान गरेको छ । मञ्चले पोखराको चिप्लेढुङगा मानवअधिकार चोकमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको नेकपा (माओवदी केन्द्र) धादिङ–पोखरा जनसम्पर्क मञ्चका उपाध्यक्ष एवं खुल्ला रक्तदान कार्यक्रमका संयोजक लोमढीप्रसाद अगस्तीले जानकारी दिए । कार्यक्रममा मञ्चका सदस्य, पैदल यात्रु र नियमित रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश अध्यक्ष गायत्री गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । गुरुङले जनयुद्धले स्थापना गरेको गणतन्त्र सदाका लागि स्मरणीय रहने बताइन् ।


समुदायकोबिचमा माओवादीलाई लैजान सके पार्टीले लिएको उदेश्य चुम्न सकिने उनले बताइन् । प्रदेशका सबै जिल्ला र स्थानीय तहमा जनयुद्ध दिवस खुशीयालीका साथ मनाइएको जानकारी दिइन् ।
ट्रेड युनियन कास्कीका अध्यक्ष अर्जुन पौडेलले मजदुरको पार्टी माओवादी भएकाले श्रमीकका पक्षमा काम गर्नुपर्ने बताए । ऐन बने पनि मजदुरको पक्षमा कार्यान्वयन गर्न नसकिएको उनले बताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष लोकराज भण्डारी, सल्लाहकार टिका लम्साल, उपाध्यक्ष प्रेम नेपाली, सचिव गोकर्ण लम्साल, बुद्धिजिवी परिषद् सदस्य बलराम खतिवडा लगायतले बोलेका थिए ।
मञ्चका अध्यक्ष कृष्ण धरेलले जनयुद्ध दिवसलाई स्मरण गदैँ सामाजिक कार्य रक्तदान गरिएको बताए । मञ्चले पार्टी काममा समेत महत्पूर्ण योगदान गदैँ आएको उनले स्मरण गरे ।

प्रतिकृया दिनुहोस्