साथीन्यूज संवाददाता
पोखरा । कास्कीमा आज ३०६ कोरोना संक्रमित सहित गण्डकी प्रदेशमा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका संक्रमितहरु ९ जिल्लाका रहेका छन्। कास्कीमा ३०६ जना, बागलुङमा ४ जना, नवलपरासी पूर्वमा ८७ जना, म्याग्दीमा ५२ जना, तनहुँमा २७ जना, स्याङजामा २३ जना, पर्वतमा ६१ जना, गोरखामा ७४ जना र लमजुङमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश निर्देशनालयले जनाएको छ ।
आजको संक्रमितसहित गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६,६३३ पुगेको छ ।
पोखरामा आज उपचारको क्रममा आज २२ जना कोरोना संक्रमितहरुको निधन भएको छ यस्तै गण्डकीमा २३ जनाको कोरोना संक्रमितहरुको निधन भएको छ।