
पोखरा, ७ साउन ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गण्डकीले वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराइलाई स्वागत गरेको छ ।
साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको जिम्मेवारीमा आएका भट्टराइलाई बुधवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टानले भट्टराईलाई स्वागत गरेको हो ।
स्वागत कार्यक्रममा बाल्दै भट्टराइले पर्यटन क्षेत्र क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न आफु प्रतिवद्ध रहेको बताए । प्रहरीले आफ्ना कर्तव्य निभाउने क्रममा कसैलाई पनि अन्याय हुन नदिने भट्टराइको भनाई थियो ।
टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले पर्यटकहरुलाई सबैले सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । पर्यटकलाई दुख दिने खालका विभिन्न कृयाकलाप हुने गरेको भन्दै यसलाई सुक्षम तरिकाले निगरानी गर्न आचार्यले आग्रह गरे ।
स्वागत कार्यक्रममा टान गण्डकीका निवर्तमान अध्यक्षा, पूर्वअध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।