
पोखरा, ४ साउन ।
कास्की कारागारमा कैदीबन्दीले नारावाजी गरेका छन् । कारागार विभागले आइतबार क ब्लकको चौकीदार नियुक्तीको विषयमा कैदीबन्दीले नारावाजी गरेको कास्की कारागारका सूचनाअधिकारी महेन्द्र कुँवरले जानकारी दिए ।
हरेक वर्ष कारागारमा चौकिदार परिवर्तन गरिन्छ । यस वर्ष पनि तीन जनाको नामा सिफारीस भएकोमा विभागले अजग गुरुङलाई सिफारीस गरेको छ ।
राजनीतिक चलखेल गरेर अजग गुरुङलाइ नियुक्ती गरिएको कैदीबन्दीको आरोप छ । प्रकाश गुरुङलाई नियुक्ती गर्नुपर्ने उनिहरुको माग छ ।
अजय, प्रकाश र प्र्रसान्त थापालाई चौकीदार नियुक्तीको लागि कास्की कारागारबाट सिफारीस भएको थियो ।
अजय र प्रकास दुवै जना कर्तव्य ज्यानको मुद्धामा ७ वर्ष देखि कारागारमा रहेका छन् । प्रकाश दुइ वर्ष पहिले पनि चौकिदार थिए ।
कारागारको क ब्लकमा चारसय कैदीबन्दी रहेको कुँवरले जानकारी दिए ।
शनिबार लमजुङबाट ७८ जना कैदी कास्की कारागारमा स्थानान्तरण गरिएको थियो ।