
पोखरा, ४ साउन ।
अविरल वर्षाका कारण पोखरा १३ काहुँखोलाको बाधँ फुट्दा दुइ घर जोखिममा परेका छन् ।
गए राती काहुँ खोलाको बाधँ फुट्दा पोखरा १३ काहुखोलाको ढल्केपुल वरिपरिका घर टहरा बाढि पसेर क्षती पुगेको छ ।
साथै घर टहरामा बाढि पसेर खाध्यान्न र लताकपडामा क्षती पुर्याएको पोखरा १३ वडा अध्यक्ष किरण बरालले जानकारी दिए । बाधँ फुटेपछि खोला अनियन्त्रीत भई वस्ती तर्फ बगेको कारण बस्ति जोखिममा परेको हो ।
बाध फुटेर बाढि आए पनि राती ३ बजे देखी नै जननप्रतिनिधि, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको थियो ।