
पोखरा, २ साउन ।
पोखरा महानगरपालिका वडा नं. १४ ले सडका खाल्डा पुर्ने अभियान संचालन गरेको छ । अभियान अन्र्तगत वडाभित्रका मुख्य सडकमा वर्षातको कारण परेको खाल्डा पुर्न थालिएको हो ।
असार २६ गतेबाट संचालन भएको अभियान १५ दिनसम्म चल्लने छ । जस अन्र्तगत वडा कार्यलयको समन्वयमा र टोल विसका संस्था, आमा समूह र युवाक्लवबहरुले श्रमदान गर्नेछन् ।
जुन टोलको सडकमा खाल्डा परेको छ सोही टोल विकास संस्था, आमा समुह र युवा क्लवका सदस्यहरु खाल्डा पुर्ने अभियानमा सहभागि हुने छन् ।
अभियानमा हालसम्म ३५ बोरा सिमेन्ट खपत भइसकेको पोखरा महानगरपालिका १४ का अध्यक्ष बोधबहादुर कार्कीले जानकारी दिए । खाल्डा पुर्ने अभियानका लागि वडाले समन्वय गरेको भए पनि स्थानीय व्यवसायी र वडावासीको जिन्सी र आर्थिक सहयोग रहेको छ । यसका लागि महानगरपालिका तथा वडाले बजेटको बिनियोजन गरेको छैन ।
अभियान अन्तर्गत दैनिक बिहान तीन घण्टा जनप्रतिनिधिहरु र स्थानीय खाल्डा पुर्न आफै सक्रिय हुन्छन् । वडावासी सगै अध्यक्ष कार्की बेल्चा बोकेर सडकका खाल्डा पुर्न सक्रिय छन् ।
हिजो (मंगलबार) वडाको जनसक्रिय टोल, फेवा टोल, सद्भावना टोल र मिर्मिरे टोल क्षेत्रमा खाल्डाहरु पुरिएको छ । बिहान ७ देखि १० बजेसम्म खाल्डाखुल्डी पुर्ने काममा जनप्रतिनिधि र स्थानीय लागेका थिए ।