News Portal

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

५१ पटक

पोखरा, साउन १ ।
पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्धारा संरक्षित पुरस्कारद्धारा श्रीष सम्मानित भएका हुन् ।

गण्डकी प्रदेस सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले श्रीषलाई नगद १५ हजार सम्मानपत्रले सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कायान्वयन ल्याउने बताए । मगर र गुरुङ समुदायका फरक–फरक लिपी भएकाले समुदायको पनि साथ र सुुझावको लागि आग्रह गरे ।

नेपाल मगर संघका साँस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको बताए ।

पुरस्कार छनोट समितिका संयोजक एमबी आस्था मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस काउन्सिल नेपालका सदस्य तथा पत्रकार केशवशरण लामिछाने लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।

कार्यक्रममा मन्त्री विन्दुकुमार थापालाई सम्मान समेत गरिएको थियो । मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन भूमिका खेलेको भन्दै सम्मान गरिएको हो ।

प्रतिकृया दिनुहोस्