News Portal

इक्यान कास्कीद्धारा पोखरामा न्यूजिल्याण्ड शिक्षा प्रशिक्षण

९४ पटक

पोखरा ६,असार ।
पोखरामा न्यूजील्याण्ड शिक्षा प्रशिक्षण–२०२५ सम्पन्न भएको छ र्। व्यवसायिक विद्यार्थी सल्लाहकारहरू’ को लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

अप एजुकेशन एण्ड अकल्याण्ड इन्स्टिच्युट अफ स्टडीजको सहयोगमा बिकन एजुकेसन एण्ड भिसा सर्भिसको पहलमा कार्यक्रमको आयोजना गरिएको इक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले जानकारी दिए ।

कार्यक्रममा बिकन एजुकेसन एण्ड भिसा सर्भिसका संचालक हुमनाथ अर्यालले न्यूजील्याण्डमा अध्यन गर्न जानका लागि आवश्यक प्रकृयाका वारेमा जानकारी गराएका थिए ।

यस्तै इक्यान कास्कीका सल्लाहकार तुलसीराम कार्कीले बैदेशीक अध्यनका वारे भनाइ राखेका थिए ।

कार्यक्रको उद्याटन सत्रमा बोल्दै इक्यान केन्द्रका उपाध्यक्ष भुवन बहादुर क्षेत्रीले अस्वस्थ प्रतिष्प्रर्धा नगर्न शैक्षिक परामर्श कम्पनी संचालकहरुलाई आग्रह गरे । आफुले संचालन गरेको संस्थलाई बैधानीक रुपमा दर्ता गरेर स्वस्थ रुपमा व्यवसाय गर्न उनले सुझाव दिए ।

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्ेले संस्थागत क्षमता अभिबृद्धिका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिए । संस्थागत मर्यालालाई मिचेर हुने कामलाई रोक्न इक्यान कास्की लागि रहेको उनको भनाई थियो ।

प्रशिक्षण कार्यक्रममा इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले संचालन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्