
पोखरा ६ असार ।
एसओएस हर्मन माइनर स्कुल–पोखरा १० रामबजारमा अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । दिवसको अवसरमा स्कुलमा योगका वारेमा चर्चा र योग प्रशिक्षण दिइएको थियो ।
अन्तराष्ट्रिय योग दिवसको अघिल्लो दिन स्कुलको सभाहलमा भएको योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावको सहभागिता रहेको थियो ।
ब्रह्कुमारी इश्वरीय विश्वविद्यालय पोखरा–१७ विरौटाका सचिव राजयोगी ब्रह्कुमार शिशिर योगीले प्रमुख बक्ताको रुपमा योग र ध्यानका वारे चर्चा गरेका थिए ।
योगीले व्यत्तीको मस्तिस्कलाई नियन्त्रण गर्ने शिक्षा नै योग रहेको बताए । विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरुलाई ध्यानलाई एकिकृत गर्नका लागि योग महत्वपूर्ण शिक्षा हुने उनको भनाई थियो ।
यस्तै एसओएस हर्मन माइनर स्कुल–पोखराका नेपाली शिक्षक एवं योग प्रशिक्षकले योगआसनका वारे जानकारी र अभ्यास गराएका थिए ।
यस वर्षको योग दिवसको नार्रा एक पृथ्वी एक, स्वास्थ्यको लागि योग’ भन्ने नारा तय गरिएको छ ।
स्कुलका प्रध्यानाध्यापक चुडामणी सुवेदीले मेडीटेसन विनाको जीवन अर्थपूर्ण नहुने चर्चा गरे । विद्यार्थीहरुलाई योग र ध्यानमा लगाएर ध्यानपूर्वक अध्यन गर्न र जीवनमा अनुशासित भएर बाच्न सक्ने बनाउनका लागि योग शिक्षा दिइएको सुवेदीले जानकारी दिए । सामाजिक संजालको प्रयोगले विद्यार्थीमा वेचैनी बढ्दै गएकाले त्यसलाई कम गदै आध्यात्मा तर्फ जोड्ने प्रयास गरिएको उनले बताए ।
योग प्रशिक्षणमा शिक्षक, विद्यार्थी र अभिभावसहित ४ सय जनाको सहभागिता रहेको थियो ।
एसओएस हर्मन माइनर स्कुल पोखरा १० रामबजारका व्यवस्थापन समिति अध्यक्ष प्रदिपभक्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।