News Portal

८४ मा माओवादी पहिलो पर्टीः प्रचण्ड

साथीन्यूज संवाददाता
३२ पटक

पोखरा, १० जेठ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षमा देश माओवादीमय बन्ने दाबी गरेका छन् । आगामी निर्वाचनमा एक नम्बर पार्टी बन्नेसमेत उनले जिकिर गरे ।

शनिबार पोखरामा भएको सभालाई सम्बोधन गर्दै त्यसका लागि माओवादीले गरेका कामबारे आफ्नो क्षेत्रका जनतालाई सुसूचित गर्न प्रचण्डले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

 

आफ्नो १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान चलाएको पूर्वप्रधानमन्त्री दाहालले बताए । चीन र भारतमा भएको भ्रमण र त्यहाँ गरिएका सम्झौताले दीर्घकालीन ढंगले विकास र समृद्धि आधार तय भएको उनले सुनाए । उनले संविधान संशोधन गरेर देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए।

 

उनले संविधानसँगै निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली ढाकाको टोपीमा गुँयलाको फूल भनाइ जस्तो भएको उनको जिकिर छ ।

 

उनले माओवादी नेता कार्यकर्तालाई गहिरो आत्मसमीक्षा गरेर रुपान्तरणको अभियानमा लाग्न निर्देशन दिए। नयाँ क्रान्तिमार्फत नेपालमा राजनीतिक स्थायित्व, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेकाले संकल्प गर्न उनको सुझाव छ ।

प्रतिकृया दिनुहोस्