News Portal

रगत जाँचका लागि अब लमजुङबाट पोखरा, काठमाडौं धाउनु नपर्ने (युआरएल)ले लमजुङको बेसीसहरमा खोल्यो शाखा

साथीन्यूज संवाददाता
५४९ पटक

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले लमजुङको बेसीसहरमा शाखा खोलेको छ । युआरएलले बेंसीसहर शाखाबाट बिहीबारदेखि सेवा दिन थालेको छ । वेंसीसहर ८ शेराचोकमा रहेको यो युआरएलको तेस्रो शाखा हो ।
सेवा सुरुआतको अवसरमा युआरएलले वेसीसहर शाखमा मधुमेह र युरिक एसिड जाँच सित्तैमा र अरु सबै जाँचमा ३० प्रतिशत छुट दिएको छ । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले छुट फागुन १५ गतेसम्म कायम हुने जानकारी दिए ।
करिब डेढ करोड लगानीमा स्थापना भएको शाखाले सबै प्रकारका रक्त जाँच गर्ने पन्तले बताए । उनले भने, ‘रगत जाँचका लागि अब लमजुङबाट पोखरा, काठमाडौं धाउनुपर्दैन । दक्ष र अनुभवी जनशक्तिबाट समयमै गुणस्तरीय सेवा दिन्छौं ।’ अध्यक्ष पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै गण्डकी प्रदेशका मुख्य सहरहरुमा शाखा विस्तार गर्ने योजना सुनाए ।
यसअघि युआरएलले तनहुँको दमौली र दुलेगौंडामा खोलिसकेको छ । २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलको प्रधान कार्यालय पोखराको न्युरोडमा छ । करिब ८ करोड लगानी रहेको युआरएलले अहिलेसम्म साढे २ लाखलाई सेवा दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्