News Portal

खुल्यो लेकसाइडमा झल्को रेष्टुरेन्ट यति मिठो खाना (फोटो सहित )

साथीन्यूज संवाददाता
१०७४ पटक

९ माघ, पोखरा । युवा व्यवसायीहरुको समुहले लेकसाइड नजिकै झल्को रेष्टुरेन्ट संचालनमा ल्याएका छन । आन्तरिक पर्यटकहरूलाई लक्षित गरी सेवा संचालनमा ल्याइएको संचालक बाबुराम भण्डारीले बताउनु भयो । पोखरामा अहिले धमाधम होटलहरू पनि खुलिरहेका छन् ।

स्तरीय रेष्टुरेन्ट सञ्चालनमा आउँदा पोखराको पर्यटनलाई सघाउ पुग्ने युवा व्यवसायी भण्डारी बताउनु भयो । झल्को रेष्टुरेन्टमा युवा व्यवसायीद्वय बाबुराम भण्डारी र सुरेश दाहालले लगानी गरेका छन् । झल्को रेष्टुरेन्टले नयाँ स्वाद पस्कने संचालक सुरेश दाहालले बताए । यहाँ भित्र प्रसस्त पर्किङ्ग पार्टी को लागी हल समेत रहेको छ। साथ साथै लोकल तथा अर्गानिक खाना यहाँ नेपाली तथा विदेशीले लिन सक्नेछन।
रेष्टुरेन्टमा स्वादिलाे खाजा पाउनुका साथै साथीभाई तथा परिवारहरुसगँ बसेर खान उपयुक्त स्थल रहेको भण्डारीले बताए । एक करोडको लगानीमा सञ्चालनमा आएको झल्को रेष्टुरेन्टमा नेपाली सँगै विदेशीहरुलाई पनि मेनु बनाइएको छ । युवा व्यवसायी भण्डारी र दाहालले यसअघि पनि विभिन्न पर्यटन व्यवसाय साझेदारीमा संचालन गर्दै आइरहेका छन ।

फोटो सहित

 

प्रतिकृया दिनुहोस्