News Portal

पोखरामा धुवाँको मुस्लो फाल्दै हुँइकिन्छन् नगरबस, ३५ वटाको प्रदूषण जाँच्दा ३० वटा फेल भिडियो सहीत

साथीन्यूज
१८८ पटक

‘पोखराको सडकमा पैदल यात्रुलाई हिँड्न धुँवाको मुस्लो फाल्ने बसले अत्याचार नै गर्छ’, हरिया बसले कालो न कालो धुँवा पुत्याउँदा हिँडिसक्नु हुँदैन ।  पर्यटकीय राजधानी घोषित पोखरामा यो समस्या कहिल्यै हटेन ।’

पोखराको न्युरोडमा सिटी बसले अत्याधिक कालो धुँवा पुत्याउँदै विपी चोकतिर लाग्छ । बसको पछि गइरहेका स्कुटर र मोटरसाइकल चालक धुँवाभित्र हराउँछन् ।

वातावरणदेखि मानव स्वास्थ्यमा पनि गम्भीर असर गर्ने गाडीको धुँवाकै कारण नागरिकलाई सास्ती त छँदै छ, पोखराकै बद्नाम गराएको छ ।

अत्याधिक कालो धुँवाको मुस्लो फाल्ने गाडीलाई अब भने कानुनी दायरामा ल्याउने र रुट परमिट खारेज गर्नेसम्म कारबाही गर्ने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालको भनाइ छ ।

यातायात कार्यालय, ट्राफिक, महानगरसहितको टोलीले बुधबार गरेको मापनमा अधिकांश गाडी नियमित सर्भिसिङ नगरेकै कारण कालो धुँवा फाल्ने गरेको पाइएको छ । पोखरामा बुधबार ३५ वटा गाडीको प्रदुषण मापन गर्दा ३० वटा फेल भएका छन । हेरौ स्थलगत रिपोर्ट

प्रतिकृया दिनुहोस्