News Portal

गायिका एलिना चौहानको अमर्यादित व्यवहारप्रति साउण्ड सिस्टम व्यवसायीको आपत्ति

साथीन्यूज संवाददाता
२२२ पटक

गत फागुन २० गते आइतबार पर्वत स्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहानले गरेको व्यवहारले साउन्ड सिस्टम सम्बन्धी ६ सस्थाले प्रेस विज्ञप्ती शनिबार गर्दै ध्यानाकर्षण तथा भएको हुँदा खेद प्रकट गरेकाे छन् ।

विज्ञप्तीमा भिनीएकाे छ ‘साउण्ड सिस्टम कम्पनी र कलाकारबिच आपसी परिपूरक सम्बन्ध हुन्छ, हामी स्पिकर र एमप्लिफायरलाई पूजा गर्छौ, यसैको माध्यमबाट कलाकारको कर्णप्रिय आवाज दर्शक/स्रोता कानसम्म पुग्छ । हामी कलाकारलाई राष्ट्रको गहनाका रूपमा इज्जत गर्नुपर्छ भन्ने मान्यतामा विश्वस्त छौँ । तर त्यही साउण्ड सिस्टम र स्पिकरलाई दोष दिई साउण्ड इन्जिनियरलाई गालीगलौज गर्ने जस्ता अभद्र व्यवहार गायिका एलिना चौहानले गरेको हुँदा हामी सम्पूर्ण साउण्ड कम्पनी, इन्जिनियर र टेक्निसियनहरूनिन्दनीय व्यवहारको घोर भत्र्सना एवम् विरोध गर्छौँ ।‘

विज्ञप्तीमा जि. के. साउण्ड सिस्टमका गमबहादुर क्षेत्री, एस. के. साउण्ड लाइट एण्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिस्टमका एविज गुरुङले सयुक्त हस्ताक्षर गरेकाे छन् ।

चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै होइन यस अघि पनि मञ्चमा थुप्रै पटक साउण्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेकाे आराेप लागेकाे छन् ।

प्रतिकृया दिनुहोस्