पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङस्थित ठूली पोखरीमा केहि समय अघि चार वर्षिय बालकले ज्यान गुमाए ।वर्षेनी ज्यान गुमाउने उक्त पोखरीको चारैतिर बस्ति छन् । खुल्ला ठाउँभएकाले जो कोहि पनि त्यो पोखरीमा सहजै जान सक्छन् ।
हेर्दा सुन्दर देखिने पोखरी बढ्दो बस्तिसंगै फोहोर र दुर्घन्दित समेत भएको छ । कुनैबेला इट्टा भट्टि रहेको उक्त स्थान अचानक भास्सिएसंगै पानी जम्न थालेको थियो । विस्तारै पानी बढ्दै जादाँ सानो ताल नै बन्यो । अहिले पोखरामा परिणत भएको छ । तर अचम्म लाग्न सक्छ त्यो पोखरी मान्छे निल्ने पोखरी बनेको छ । पोखरीको संरक्षण नहुँदा र हेलचक्राई गर्दा त्यहाँ ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।
त्यहि मान्छे निल्ने पोखरी यतिबेला सरसफाइ गर्ने योजना बनाएको छ । आगामी चैत ४ गते पोखरी सफाइ गर्ने भनिएको छ । जसका लागि सुरक्षालाई मुख्य रुपले हेरिएको छ । सरसफाइ गर्नुको मुख्य कारण भने पोखरी संरक्षण गर्नका लागि हो ।पोखरीको चारैतर्फ तारबारले घेर्ने योजना भएका कारण उक्त काम सुरु हुँदा कोहिले पनि ज्यान नगुमाउन भनेर सफाइ गर्ने तयारी भइरहेको हो । भिडियो सहीत