News Portal

मिति सकिदासमेत विमानको पार्टपुर्जा फेर्दैनन् ः पर्यटन मन्त्री किराती (भिडियो सहित)

सरोज अधिकारी
२०३ पटक

एक महिना अघि माघ १ गते. अर्थात माघे संक्रातिका दिन पोखरामा विमान दुर्घटना भयो । आन्तरिक उडान तर्फ नेपाली इतिहासकै सबैभन्दा भयानाक र ठूलो दुर्घटना हुँदा चालकदल सहित ७२ जनाको ज्यान गयो ।
घटना घटेको एक महिनापश्चात घटनाको प्रारम्भिक प्रतिबेदन सार्वजानिक भएको छ । प्रारम्भिक प्रतिवेदन अनुसार घटना हुनु १४ सेकेन्ड अघि मात्रै को पाइलट अन्जु खतिवडाले क्याप्टेन कमल केसीलाई जिम्मेवारी सुम्पिएको खुलेको छ । सो जहाज दुर्घटनाबारे गठित छानविन समितिले सार्वजनिक गरेको प्राम्भिक प्रतिवेदन अनुसार काठमाडौंबाट नै जहाजको कमाण्ड प्रशिक्षार्थी पाइलट अञ्जु खतिवडाले गरेको र पोखरामा दुघटना हुनुभन्दा १४ सेकेण्ड पहिले मात्रै क्याप्टेन कमल केसीले नियन्त्रणमा लिएको खुलेको हो । कमल केसीले नियन्त्रणमा लिँदा जहाज सुधार गर्नै नसक्ने अवस्थामा पुगिसकेकोले दुर्घटनामा परेको तथ्य औल्याइएको छ ।
प्रतिवेदन सार्वजानिक भएलगत्तै नागरिक उड्डयन तथा पर्यटन मन्त्री सुदन किराँतीले हवाइ उडान भित्र धेरै विसंगति रहेको बताएका छन् । पोखरा आएका उनले पत्रकार सम्मेलनमा बोल्दै हवाई कम्पनीहरुको लापरवाहि भएको कुरा आफुमाझ आएको सुनाएका छन् । पाइलटहरुले विमानका विभिन्न सामान फेर्नुपर्ने भनि जानकारी गराउँदा समेत वेवास्था गर्दै आइरहेको उनी बताउछन् । उनका अनुसार विमान नयाँ वा पुरानो भएर फरक नपर्ने तर समयमा चेकजाँच र आवश्यक प्राविधिक कुराहरु फेर्नुपर्ने समयमा नफेर्दा दुर्घना हुने गरेका छन् । प्राविधिक कुराको ज्ञान आफुसंग नभएको र नीति गत कुरामा मात्रै आफु अघि रहेको उनको भनाइ छ । मन्त्री कराँतिले प्राविधिक कुरामा आफुले एक तर्क दिदाँ उनीहरुले हजार तर्क दिएर उम्किने बताए ।


के थियो त ब्ल्याक् बक्सभित्रको रहस्य ?
काठमाडौंबाट पोखराको लागि उडेको जहाजले छ नटिकल माइल टाढाबाट एयर ट्राफिकसँग अवतरण अनुमति मागेको थियो । एयर ट्राफिकले ३० तर्फबाट अवतरण गर्न अनुमति दियो तर चालकदलले १२ (बिपतिर) दिशाबाट अवतरण गर्न अनुमति माग्यो । सो अनुुमति दिने बेला एयर ट्राफिकले कुनै कुरा पनि नसोधी १२ तर्फबाट अवतरण अनुमति पायो । १२ तर्फबाट अवतरण गर्न आउँदा जहाज ३४३३ फिटको उचाई अर्थात जमिनबाट ७२१ फिट माथि आईपुगेपछि विहान १०ः५६ः२७ बजे अटो पाइलट सिष्टम बन्द गरियो । अटो पाइलटले सिष्टम बन्द नगरिएको भए जहाजलाई अवतरण गराउन थप सहयोग गर्ने थियो । तर, जहाजको कमाण्ड गरिरहेकी अञ्जुले अटो पाइटल बन्द गरेर फ्लापरलाई जहाजको उचाई घटाउन ३० डिग्रीमा घटाउन क्याप्टेनसँग अनुमति मागेकी थिईन् । प्रतिवेदनका अनुसार क्याप्टेन केसीले ३० डिग्री ओके भनेका थिए ।
अटो पाइलट बन्द गर्ने वित्तीकै जहाजको शक्ति उत्पादन गर्ने पङ्खा (प्रोपेलरले काम गर्न छोडेर २५ प्रतिशतले घट्दै शून्यमा झर्न पुग्यो । प्रारम्भिक प्रतिवेदनमा उक्त जहाजको इन्जिनमा कुनै समस्या नदेखिएको तर प्रोपेलर फेदर भई जहाज शक्तिहिन हुन पुुगेको उल्लेख छ । जहाज जमिनबाट ५०० फिट माथि आईपुग्दासम्म जहाज सिधा अवस्थामा रहेकोमा १०ः५६ः५० जादाँ ३० डिग्री ब्याङ्ग हुँदै तलतिर खसेको आज सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जहाज ३० डिग्रीमा ब्याङ हुँदै अघि बढ्दा अवतरण जारी राख्ने कि के गर्ने भनेर जहाजको कमाण्ड गरिरहेकी अञ्जु खतिवडाले क्याप्टेन केसीलाई सोधेका थिए । जवाफमा केसीले जहाजलाई घुमाई राख्न भनेका थिए । अहिले आवश्यक छैन, केही पावर बढाउन भनेका थिए । लगत्तै जहाजको कमाण्ड गरिरहेकी अञ्जुले पावर बढाउन खोज्दा दुवै इन्जिनमा पावर नभएको पत्तो पाएकी थिईन् । क्याप्टेन केसीलाई जहाजको दुवै इन्जिनमा पावर नभएको जानकारी दिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।


१०ः५७ः१६ जादाँ जमिनबाट ३६८ फिटको उचाई माथि जहाजको इन्जिनको पावर ७३ प्रतिशतबाट बृद्धि गरी ७७ प्रतिशत पुर्याइयो । तै पनि इन्जिनमा पावर आएन । लगत्तै १०ः५७ः१८ जादा जहाजको कमाण्ड क्याप्टेन केसीले सम्हालेका थिए । केसीले पनि इन्जिनबाट पावर नआएको जानकारी दिएका थिए । क्याप्टेन केसीले जहाजको कमाण्ड सम्हालेको लगत्तै जहाज सीमाभन्दा कोल्टे परेको भन्दै चेतावनीमूलक सन्देश सुरु गरेको थियो । त्यतिबेला जहाज ३११ फिटमाथि आइसकेको थियो ।
१०ः५७ः२६ जादा एक्कासी जहाज बायातर्फ ढल्किदै तलतिर झर्न थालिसकेको थियो । दोस्रो चेतावनीयुक्त संकेतसँगै जहाज छ सेकेण्डपछि जमिनमा बजारिन पुगेको थियो ।
प्रतिवेदन अनुसार जहाजको इन्जिन घुमिरहेको र शक्ति उत्पादन गर्ने पंखाले काम नगरेको कारणा देखाइएको छ । त्यसरी दुवै पंखाले एकै पटक काम नगर्नुको पछाडि मानवीय हो वा प्राविधिक हो ? सो सम्बन्धमा विश्लेषणपछि मात्रै प्रतिवेदन तयार पारिने छानविन समितिले जनाएको छ ।
जहाज दु्र्घटनाको १ महीना पछि प्रतिबेदन यस्तो रहेछ व्याल्क बक्स भित्रको रहस्य १४ सेकेण्ड अघि मात्रै पाइलटलाई दीएकी थिइन |

 

 

प्रतिकृया दिनुहोस्