News Portal

पोखरा-१८ सेदिमा धादिङ-पोखरा जनसम्पर्क मञ्चको आयोजनामा तिज विशेष कार्यक्रम हुदै

साथीन्यूज
३५० पटक

नेकपा माओवादी केन्द्रका पोलिट व्युरो सदस्य तथा बागमति प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री सालीकराम जमरकट्टेल पोखरा आउने भएका छन । धादीङ पोखरा जनसम्पर्क मन्च द्धारा आयोजीत पार्टी कार्यकर्ता भेटघाट तथा तिज विषेश कार्यक्रममा सहभागी हुन पोखरा आउन लागेका हुन । जन सम्पर्क मंचको कार्यक्रम भदौ ४ गते पोखराको पामेमा रहेको वाइ यु के सुपर मार्केटमा हुदै छ ।
हिन्दु हरुको बिषेश पर्व हरीतालीका तिजको अबसरमा धादीङबाट पोखरा आएर बसोवास गरीरहेका दीदी बहीनी हरुलाई दर खाने कार्यक्रम र पार्टी कार्यकर्ता भेलालाई विषेश महत्वका साथ हेरीएको छ । जन सपर्क मन्चले धादीङ र पोखरा दुवै जिल्ला लाई समन्वय गराउन पुलको काम गरेका कारण पनि दुवै जिल्ला समितीले विषेश महत्वका साथ लिने गरेका छन ।

कार्यक्रम सम्पन्न गर्नका लागि कामलाई तीव्र ढङ्गले अघि बढाएको छ । कार्यक्रमको सबै तयारी करिब पूरा भएको  समितिका संयोजक केदार अगस्तीले  बताए । भाद्र ४ गते शनिवार बिहान ८ बजे बाट पोखराको लेकसाइड सेदि रहेको वाई.यु.के. सुपरमार्केटको सभाहलमा कार्यक्रम हुने बताइएको छ ।

यस्तै कार्यक्रममा सहभागि हुन नेकपा माओवादि केन्द्र धादिङका शिर्ष नेताहरु, पुर्ब मन्त्री कल्पना धमला , नेकपा माओवादि केन्द्र कास्की जिल्ला इन्चार्ज राजकाजि गुरुङ –करण, कास्की जिल्ला अध्यक्ष कृष्ण गिरी, धादिङकको निलकण्ड नगरपालिकाका नेकपा माओवादी केन्द्रका नेता नगर पार्टि अध्यक्ष शम्भु कुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता बागमति प्रदेश सह–सचिव दलबहादुर र्बुलाकोटि –बिजयी, लगाएत हजारौ हजार धदिङवासीको सहभागिता रहने नेकपा माओबादी केन्द्र धादिङ जिल्ला कमिटि सदस्य एवं धादिङ पोखरा सम्पर्क समाजका पुर्ब अध्यक्ष खतिवडाले बताएका छन् ।

हिन्दु नारीहरुको महान चार्ड हरितालिका तिजको अवसर पारी पोखरामा बसोवास गर्ने धादिङ वासीहरुसंग प्रत्यक्ष भेटघाट तथा तिजको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागेको जानकारी दिदै सम्पूर्ण धादिङ वासीहरुलाई भाद्र ४ गते शनिवार पोखरा लेकसाइड सेदीमा रहेको वाई.यु.के . सुपरमार्केटको प्राङगणमा उपस्थिती हुनको लागि  खतिवडाले आग्रह समेत गरेका छन् । कार्यक्रममा चर्चित कलाकारहरुको साथमा बिभिन्न सास्कृतिक कार्यक्रमहरुको प्रस्तुति समेत रहने बताईएको छ ।

प्रतिकृया दिनुहोस्