News Portal

चोक चोकमा थुप्रिएको फोहोरको डंगुरले कुरुप र दुर्गन्धित बन्यो पोखरा

साथीन्यूज संवाददाता
३४२ पटक

चोक चोकमा थुप्रिएको फोहोरको डंगुरले पोखरा महानगरपालिका कुरुप हुनुका साथै दुर्गन्धित बन्न पुगेको छ । बजारबासिले घरवाट निस्कने फोहोर रातको समय सडकमा ल्याएर थुपारिदिदा फोहोरको डंगुर लाग्न थालेको हो । न्यूरोडस्थित महानगरपालिकाको कार्यालय अघि थुपारिएको फोहोरको डंगुरले महानगर नेतृत्व र नगरवासिको धज्जी उडाएको छ । बाच्छेवुडुवास्थित ल्याण्डफिल साईडका बासिन्दाले महानगरपालिकाले गरेको सम्झौता पालना नगरेको जनाउँदै पाँच दिनदेखि फोहोरका गाडीहरु रोकिदिएपछि नगरवासिले फोहोर सडकमा थुपार्न थालेका हुन ।
मुख्य मुख्य बजार क्षेत्रमा थुपारिएको फोहोरको डंगुरवाट बड्दो गर्मिसँगै दुर्गन्ध निस्कन शुरु गरेपछि पैदलयात्रु र स्थानीयबासीले असुविधा भोग्नु परेको छ ।
पोखरा १४ मा दाहासंस्कारका लागि आवश्यक घाट निर्माण, सडक, ल्याबसहितको सहरी स्वास्थ्य चौकी बनाउन, पोखरा १४ र पोखरा २१ निर्मल पोखरी जोड्ने सेतीमा पुल बनाउने लगायतका माग राखेको तर त्यो पूरा नभएकाले आन्दोलनमा जानु परेको जनसरोकार समिति पोखरा १४ का अध्यक्ष बोधराज कार्कीले बताए।
महानगरपालिकामा पटक पटक स्थानीयका माग पूरा गर्न अनुरोध गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा जानुपरेको अध्यक्ष कार्कीले बताए । ल्याण्डफिल साइड संचालनमा आएको १५ बर्ष वितसक्दा पनि महानगरपालिकाले स्थानीयवासीसँग गरेका विभिन्न सम्झौता पालना गर्नेतर्फ ध्यान नदिएपछि बाध्य भएर फोहोरका गाडी रोक्नु परेको स्थानीयवासीको भनाई छ ।
पोखराको फोहोर व्यवस्थित गर्न पोखरा १४ बाच्छेवुडुवामा २०५७ बाट निर्माण शुरु गरिएको ल्याण्डफिल साईड चार बर्षमा पुरा गरी ०६१ मा संचालन गरिएको थियो । उतिवेला ल्याण्डफिल साईड संचालन गर्दा त्यसले त्यस क्षेत्रका बासिन्दाको स्वास्थ्य र वातावरणमा पार्न सक्ने जोखिमपूर्ण प्रभाव न्यूनिकरण गर्न स्थानीयक्षेत्रको भौतिक पूर्वाधार बिकासमा सहयोग गर्ने प्रतिवद्धता र सम्झौता महानगरपालिकाले गरेको थियो ।

पोखरा उपत्यकामा दैनिक झण्डै दुई सय टन फोहोर उत्पादन हुने र त्यसमा ८० प्रतिशत घरायसी फोहोर हुने महानगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्