साथीन्यूज संवाददाता
तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको श’व फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ३५÷३६ वर्ष उमेरका व्यक्तिको श’व फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मन्दिर नजिकैको प्रतीक्षालयमा श’व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । श’व दमौली अस्पतालमा राखिएको छ । “मृ’तकको पहिचान खुलेको छैन, अ’नुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ”, उहाँले भन्नुभयो ।