News Portal

पोके व्यापारिको मनपरि पैदलयात्री देखी नगरप्रहरीसम्मलाइ कुटपिट भिडियो सहीत

साथीन्यूज
४७३ पटक

दुई दिन अघि पोखराको मुख्य केन्द्र पृथ्वीचोकमा आँप नलिएको निहुँमा कल्पना ठकुरी कुटिइन् । छोरेपाटनका लागि बस कुरेर बसेकी उनलाई पोकामा फलफुल बेच्ने महिलाले कुटपिट गरिन् । पर्यटकी नगरी पोखराको मुख्य बसपार्क क्षेत्र पृथ्वीचोकमा सबै जिल्लाबाट बस आउने गर्दछ । त्यतिमात्र होइन पोखरा महानगरबाट छुट्ने सार्वजानिक यातायात त्यहाँ सहजै पाइन्छ । त्यहि ठाउँमा एउटा भीड छ जो प्लाष्टिकमा फलफुल तथा विभिन्न खाद्यबस्तु लिएर बसबाट ओर्लने र चढ्ने देखी त्यहाँबाट हिड्नेसम्मलाई पछ्याउँदै व्यापार गरिरहेका हुन्छन् । त्यहि व्यापार गर्नेमध्ये इन्दु श्रेष्ठ, विमला राना मगर, संगीता क्षेत्री लगायतले आप नकिनेकै निहुँमा ठकुरीमाथि जाइलागे ।

‘सय रुपैयाँको आम लिनु न भनेर एक जनाले भन्नुभयो अनि मैले हेरे अलि गिलो रहेछ र मैले लिन्न भो भने त्यत्तिको लागि रिसाएर मलाई गाली गर्न थाल्नुभयो । म गाडी कुरेर बसेको थिए फर्किएर आउँदा मलाई गाली गर्नुभयो अनि हात समेत हाल्नुभयो’ पिडित ठकुरीले भनिन् । पोके व्यापारिको भीडले भने महिलाले समेत आफुहरुमाथि हात हालेको बताइरहेका थिए ।
पोखरा महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोक लगाएको छ । फुटपाथमा व्यापार गरेमा महानगरले कारवाहि गर्छ । पटक–पटक महानगरको प्रहरी टोलीले बसपार्कबाट ती पोके व्यापारीलाई लखेट्ने गर्छन् । तर, सोमबार भने अवस्था अर्कै भयो । शनिबारको घटनाको प्रतिशोधमा सोमबार त्यहाँका व्यापारि र स्थानीय बताउने व्यापारिका आफन्तले नगर प्रहरीलाई राम्रै कुटे । यात्रु र पैदलयात्रीलाई दुःख दिने र हैरानी दिने गरी व्यवहार गर्दै आइरहेका ती व्यापारीले नगर प्रहरीको टोलीलाई आफुहरुलाई लखेटेकै भरमा कुटपिट गरे । नगर प्रहरी र पोके व्यापारी बिचको झडपमा सर्वसाधारणको सवारीमा समेत क्षती पुग्यो ।

झडपपछि पोखरा महानगरपालिकाले उनीहरु विरुद्ध वडाप्रहरी कार्यालय वैदाममा जाहेरी समेत दिएको छ । पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्म थापाले फुटपाथका व्यापारीलाई हटाउन जाँदा झडप भएको बतँए ।


‘पृथ्वीचोकमा निकै अस्तव्यस्त थियो । हामी त्यहाँ पुगेर ती व्यापारिलाई यसरी नबस्नुस भनेर अनुरोध गर्नेक्रममा एक दुई जनालाई कारवाहि गर्ने शिलशिलामा पब्लिकनै हामी माथि जाइलाग्नुभयो’ थापाले भने, ‘एक दुई जना पोके व्यापारि थिए ती बाहेक सबै पब्लिक थिए । हाम्रा साथिहरुमाथि कुटपिट गरेपछि हाम्रा साथिहरु पनि ज्यान जोगान हातहालको स्थिति सिर्जना भएको थियो ।’ उनीहरुले महानगरको गाडीमा नै पेट्रोल छर्किएर जलाउनेसम्मको स्थितिमा पुगेपनि नेपाल प्रहरीको टोली पुगेपछि अवस्था नियन्त्रणमा आएको बताए । उनका अनुसार दुई महिला नगर प्रहरी र तीन पुरुष गरि पाँच जनालाई सामान्य चोटपटक लागेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्