पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीमा एकजना पुरुषको श’व फेला परेको छ ।
पोखरामा बिगत लामो समय देखि बस्दै आएका अन्दाजी ४०/४५ वर्ष देखिने धनकुटा घर भएका पुरुषको आज पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दी फेवातालको पारी श’व फेला परेको हो ।
मिस्तिरी काम गर्दै आफ्नो जीवन चलाउदै आएका श्रेष्ठ एक्कासी खोल्सामा मृ’त अवस्थामा फेला पर्दा उनलाई नजिकबाट चिन्नुहुने साथीहरुले सुस्म रुपमा अनुसन्धान हुनुपर्ने बताएका छ्न ।
काममा गएका श्रेष्ठ बेलुका घर नआएपछी छिमेकी र साथीहरु उनको खोजिमा लागेका थिए । नेपाल प्रहरी सहितको टोलीले पनि उनलाई खोजी गर्दा नभेटिएपछी सबैजना चकित परेका थिए । बर्खाको पानी ब’ग्ने खोल्सामा उनको श’व आज दिउसो अन्दाजी २.३० बजेको समयमा फेला परेको थियो।
उक्त स्थानमा एकजना पुरुषको श’व फेला परेको भन्ने जानकारी प्राप्त हुन साथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायतामा श’वको उ’द्दार गरिएको थियो । श’वलाई फेवातालको कुना बाट बाराहीघाटमा ल्याईएको थियो । उनको मृ’त्यु के कसरी भयो भन्ने बारेमा थप अनुसन्धानपछि मात्र सबैकुरा खुल्ने कास्की प्रहरीले जानकारी दिएको छ ।