News Portal

दासढुंगाको रहस्य बाहिर आएन, पत्ता लगाउन आग्रह गर्छु : माधव नेपाल

साथीन्यूज संवाददाता
८९४ पटक

नेकपा एमालेका नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई रहस्यमीय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

आज २८औं मदन-आश्रित स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन माग गरेका हुन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए ।

उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु । उनले भण्डारीले प्रतिवादन गरेको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटोबाट भाग्ने वा विचलित हुने छुन कसैलाई नभएको समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस्