साथीन्यूज संवाददाता
लिफ्टमा टाउको चेपिएर सुनसरीमा एक जना युवाको मृत्यु भएको छ ।
सुनसरी जिल्लाको दुहबी नगरपालिका ८ फुटानी चोक स्थित पशुपती फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चे’पिएर मृत्यु भएको हो ।
मंगलबार बेलुका ९ बजे सोही फ्याक्ट्रीमा दुई तलामाथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चे’पिएर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।