News Portal

पोखरामा एउटै रुखमा २ ओटा पासो लगाएर झुण्डिए युवा र युवती , कारण के थियो ( भिडियो सहित )

साथीन्यूज संवाददाता
५४८ पटक

पोखरामा रुखमा झुन्डिएको अवस्थामा दुई जना युवायुवती मृत अवस्थामा फेला परेका छन् ।

पोखरा महानगरपालिका –वडा नम्बर १८ बुलौदी स्थित जङ्गलमा कल्छेको रुखमा झुन्डिएको अवस्थामा अन्दाजी ३०/३२ वर्षको युवा तथा अन्दाजी २८/३० वर्षकी युवती मृत फेला परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुबास कुमार हमालले जानकारी दिएका छन्।जमिन देखि अन्दाजी ४/५ मिटरको उचाइमा रहेको रुखको एउटा हाँगामा सेतो कपडाको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिएको हो।

पोखराको लेकसाइडमा रहेको एउटा होटलमा ११ गते देखि बस्दै आएका थिए। उनीहरु बेलुका अन्दाजी ९.३० बजे सम्म होटलमै नास्ता र रक्सी खाएका थिए। होटल संचालकका अनुसार उनीहरु हामी नजिकै घुम्न जान्छौ भनेर होटलबाट निस्किएका थिए।

होटल संचालकले बेलुकाको समयमा नजानुस सबै बन्द भैसक्यो भन्दा पनि जवर्जस्ती होटलबाट निस्किएका थिए। उनै केटा जो रुखमा पासो लगाएका थिए उनको आफन्त के भन्छन भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्