News Portal

रविलामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

साथीन्यूज संवाददाता
३६ पटक

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेमाथि थप अनुसन्धान गर्न १५ दिनको म्याद थप भएको छ ।

न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हुन् । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेको एक महिना नघिसकेको छ ।

त्यसअघि लामिछानेमाथि कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ । सम्पती शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने भएकाले लामिछानेको हिरासत बसाइ लम्बिनी गएको छ ।

लामिछानेलाई संगठित अपराध अन्र्तगत बुटवलको सुप्रिम सहकारी ठगिको अनुसन्धानका लागि बुटवल लगि पोखरा फिर्ता गरिएको थियो ।

प्रतिकृया दिनुहोस्