आज दीउसो लमजुङको बेशीशहर जान पोखरा बसपार्कमा बसको काउन्टर खोज्ने क्रममा गोमाको पछि लागेका दुईजना युवाहरुले आफ्नो सुनको सिक्रीसहित नगद चोरी गरेका भागेको बताइन्
‘हेम्जाबाट पोखरा बसपार्क आएपछि लमजुङ जान बस लाग्ने ठाउँ खोज्दै थिए, लमजुङ जाने बस काउन्टर खोज्ने क्रममा मेरो पछाडि आएका दुई जना केटाहरुले आफु पनि लमजुङ हिडेको भने’, गोमाले सुनगाभा न्यूजसँग भनिन्, ‘पुलिसले यहाँको काउन्टर हटाएको छ, काउन्टर भित्र छ भनेर पोखरा मलमा ल्याए अनि झोलामा राखेको ७/८ हजार नगदसहित सिक्रीसमेत लगे ।’ उनले घाटीमा लगाएको सिक्री केटाहरुले झिकेपछि प्रतिकार गरेको बताउदै रुमालमा ढुङ्गा पोको पारेर दिएको सुनाइन् ।
पोखरा मलस्थित नेपाल बैंकको पार्किङ स्थलबाट एक महिलाको सुन र नगद चोरी भएको सूचनापछि सिसीटिभीको सहयोगमा चोरी गर्ने युवाहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।हेर्नुहोस भिडियोमा