News Portal

पोखरामा कारको ठक्करबाट बागलुङका ढालेन्द्रको मृत्यु एक जनाको खुलेन पहीचाहन भिडियो सहीत

साथीन्यूज
३०२ पटक

 

पोखरामा कारले पैदल यात्रुलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका– पस्र्याङ स्थित कारले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बागलुङ बसपार्कबाट जिरो किमी तर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पस्र्याङमा ठक्कर दिँदा बागलुङका ढालेन्द्र छन्त्याल र अर्का पैदल यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट बागलुङको ढोरपाटन नगरपालिका–६ घर भई पोखरा–३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का परिचय नखुलेको ३५ वर्षीय जस्तो देखिने पुरुष गम्भिर घाइते भएका थिए ।

कारको ठक्करबाट गम्भिर घाइते भएका दुवैजनालाई उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पैदल यात्रुलाई ठक्कर दिने कार प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालक फरार रहेको कास्की प्रहरीले जनाएको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका कार चालकको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  हेर्नुहोस स्थलगत भिडियो

प्रतिकृया दिनुहोस्