पोखराको फुर्सेखोलामा एकजना युवाको शव भेटिएको छ । पोखरा महानगरपालिका वडा न १७ पावरहाउस स्थित फुस्रे खोलामा पौडी खेल्न गएका ४ जना मध्य एक जना युवा बेपत्ता भए । पौडी खेल्ने क्रममा अन्दाजी २१:२२ वर्षका नाम थर नखुलेका युवा डुवेको देखेपछि त्यही नजिकै रहेका एकजना युवाले उद्दारको प्रयास गरेपनि उनको प्रयास असफल भएपछी उनले प्रहरीलाई खबर गरेका थिए ।
फुर्सेखोलामा पौडी खेल्न ४ जना गएका मध्य एकजना डुबेको र घटनास्थलमा पुग्दा उनी संगै आएका ३ जना साथिहरू साथि डुबेपछि त्यहा बाट हीडेको स्थानिय बताउछन । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले घटनास्थलमा स्कुटरको हेलमेट र चापि फेला पारेको छ ।
घटनास्थल भन्दा केहि माथी सडकमा रहेको स्कुटरमा चापीले खोल्ने प्रयास गर्दा चापी मिलेको थियो । त्यसपछि प्रहरीको टोलीले स्कुटर बैदाम लगेको छ भने स्कुटरको माध्यमबाट सम्पूर्ण विवरण पत्ता लगाउने प्रयास गरिएको छ ।
नेपाल प्रहरीको तालिम प्राप्त टोली र सशस्त्र प्रहरीको पोखरा ५ मालेपाटनमा रहेको कालिका गणको तालिम प्राप्त गोताखोरको टोलीले रातीको समयमा पनि पानी मुनी गएर खोजीकार्य अगाडी बढाएको थियो । अक्सिजन सिलिन्डर र टर्च बत्तीको सहायतामा खोजि गर्दै जाने क्रममा सशस्त्र प्रहरीको तालिम प्राप्त टोलीले शव फेला पारेको हो ।
शवलाई ७:५० बजे शसस्त्रको गोदाखर टोलिले फेला पारि वैदाम प्रहरीको जिम्मा लगाएको छ । उक्त शवलाई प्रहरीले मुचुल्का गरि शवलाई पोखराको पस्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएको छ । उनि को हुन उनि संग आएका अरु तिन जना को थिए भन्ने बारे अहिले सम्म खुलि नसकेको जिल्ला प्रहरी कार्यलय कास्कीले बताएको छ |