पोखरा । पोखरा जरेवरको पशिचममा पर्ने जगलमा एक युवती अचेत अवस्थामा फेला परेकी छन् । शनिबार बिहान स्थानियले घाइते देखेपछी प्रहरीलाइ खबर गरेका थिए ।
युवतीको कपडा च्यातिएको र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा युवती फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले बताएको छ उनलाई पोखराको एक अस्पतालमा उपचार भैरहेको छ उनि को हुन भन्ने कुरा प्रहरीको अनुसन्धानमै रहेको कारण प्रहरीले खुलाउन चाहेन । उनलाई बलत्कार गरेर कुटपिट भएको आसंका भएकै कारण केही खुलाउन नचाएको श्रोतको दावि छ । उनी पुर्ण रुपमा होसमा आएकी छैनन । उनको आफन्तलाइ सम्पर्कमा ल्याउने प्रयास भैरहेको छ ।
युवती घइते भेटिएको स्थान प्रयोग गरेर फालिएको सुइ भेटिएको अनुसंधानमा खटिएका प्रहरीले जानकारी दिएका छन् । वरपर लागुऔषध प्रयोगकर्ता बस्ने प्रहरीको अनुमान गरेका छन् । घटनाको विषयमा अनुसंधान भैरहेको डिएसपी श्रवणकुमार विकले जानकारी दिए । कसरी भेटीएकी थिइन त युवती के भन्छन प्रतक्ष देख्ने स्थानिय आजको यो भिडियोमा