News Portal

पोखरामा सडकका कारण दुर्घटना हुँदा एकको मृत्यु

साथीन्यूज संवाददाता
१७० पटक

पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा स्कुटर अनियन्त्रित भई पल्टदा स्कुटर चालकको मृत्यु भएको छ । पृथ्वीचोक स्थित चाइना पुल नजिकै पृथ्वीराजमार्ग अन्तरगतको सडकको ढलान बाटो र पिचबाटो बीचमा रहेको उचाइमा अनियन्त्रित भई पल्टदा बसले कुल्चेर स्कुटर चालक महिलाको मृत्यु भएको हो । पृथ्वीचोकदेखी लेखनाथ तर्फ जादै गर्दा सडकमा करिब डेढ इन्च जति तल परेको स्थानमा ग १५ प २४७६ नम्बरको स्कुटरको पांग्रा पर्दा अनियन्त्रित भइ पल्टिदा चालक रेजिना आचार्य सडकको बायाँ तर्फ पल्टिएकी थिइन् । सोही क्रममा सोही दिशातर्फ जादै गरेको ना ८ ख ५२५१ नम्बरको पोखरा वीरगंज चल्ने बसले उनलाई कुल्चिएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्