News Portal

पोखरामा जलेका महिलाको अवस्था गम्भीर, पुरुषको सुधारोन्मुख भिडियो सहीत

साथीन्यूज
२७३ पटक

पोखरामा आइतबार विहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका–१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।

उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए । ‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’

घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।

घटना रहस्यमय छ कस्ले कसरी आगो लगाए भन्ने खुल्न सकेको छैन विहानै स्थानियले महीला जल्दै गरेको जालि ढोकाबाट देखेपछि २ जनाकै उद्धार गरेका थिए सुरुमा देख्ने स्थानिय के भन्छन अबको भिडियोमा हेर्नुहोस

प्रतिकृया दिनुहोस्