राजनीतिमा युवा नेतृत्व खोजिरहेको समयमा हरेक क्षेत्रले युवा नेतृत्व चाहिरहेको छ । आसन्न भदौ २४ र २५ गते उद्योगी व्यापारीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको अधिवेशन हुदैछ । संघको नेतृत्वले युवा खोजिरहेको संघमा आवद्ध युवा व्यावसायीहरुको धारणा छ ।
पोखरा २ मोहोरिया टोलका सन्तोष विजुक्छे पनि अब हरेक क्षेत्रमा युवा नेतृत्व आवश्यक पर्ने बताउँछन् । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि २ प्यानल अहिले घरदैलोमा व्यस्त छ । सोही क्रममा अर्जुन पोखरेल प्यानल सोमबार बिहान बिजुक्छेले सञ्चालन गरेको एस एन सुनचादी दुकानमा पुग्यो । पोखरेलसहित पुगेको जम्बो टोलीमा धेरैजसो नयाँ र युवा अनुहार देख्दा उनी खुसी थिए । युवालाई नेतृत्वमा पु¥याए केही परिवर्तन अवश्य हुने उनको आँकलन थियो । पोखरा उद्योग वाणिज्य संघको सदस्य र पदाधिकारीमा लामो समय काम गरेका अर्जुुन कोइराला युवा भएपनि अनुभव बटुलेका व्याक्ति भएकाले सबैले साथ दिनुपर्ने उनको तर्क थियो ।
यस्तै पोखरा ३ का बिनोद लिगल पनि युवाले नेतृत्व हाक्नुपर्ने बताउँछन् । लिगल बिजुली पसल सञ्चालन गरिरहेका उनले आफ्नो मत सक्षम र अनुभवीलाई रहने बताए । ‘चुनाव हो जे पनि हुन सक्छ तर नेतृत्व युवाले नै लिनुपर्ने आजको आवश्यकता हो,’ उनले भने, ‘अर्जुन जीले नयाँ अनि अनुभवीहरुलाई लिएर टिम बनाउनुभएको छ र केही पुराना पनि छन त्यसैले टिम राम्रो नै लागेको छ ।’
पोखरेल प्यानलले मत माग्दै घरदैलो अभियान सोमबार पनि जारी राखेको छ । टिम बिहानै संघका पूर्व अध्यक्ष बसन्त उदाससँग आशिर्वाद लिएर बागबजारका मतदातासमक्ष पुगेका थिए । उदास आफ्नो टोलमा पोखरेल प्यानलसँगै हिडेका थिए । उनी पनि मतदाताहरुलाई सक्षम व्याक्ति छान्न आग्रह गरिहेका थिए । बागबजारबाट टोली मोहारिया टोल हुँदै भैरव टोल स्थित नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीसँग आशिर्वाद लिन पुगेका थिए । त्यसलगत्तै सो प्यानल नालामुख, बाग्लुङ बसपार्क, गणेशटोल, रामकृष्ण टोल, तेर्सापट्टी, नदीपुर हुँदै बगर पुगेको थियो ।
मत माग्न जाने क्रममा उम्मेद्वारसँग मतदाताहरुले घरभाडा, बैंकको ब्याज लगायत समस्या सुनाएका थिए । पोखरेलको प्यानलले उद्योग वाणिज्य संघलाई बहुतले बनाएर किसान बजार चलाउने देखि भवनबाट आम्दानी गर्ने योजना ल्याएको छ । अन्तराष्ट्रिय संघ संस्था र नेपाल मै खुलेका उद्योग र व्यवसायसँग सम्बन्धित संघ संस्थासँग सहकार्य गर्ने, पोखरामा लगानीमैत्री वातावरण सिर्जना गर्ने, सरकार र नागरिकबीचको पुलका रुपमा काम गर्ने लगायत प्रतिबद्धता पोखरेल समूहको छ ।
उनको समूहबाट बरिष्ठ उपाध्यक्षमा हरिहर सापकोटा, उद्योग उपाध्यक्षमा देवेन्द्र केसी, वाणिज्य उपाध्यक्षमा कुमारी मुना बास्तोला, महासचिवमा केशव बहादुर खत्री, कोषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्कबहादुर अधिकारी (मिरज) उम्मेद्वार छन् । यस्तै, सदस्यहरुमा भरत केसी, कृष्ण प्रसाद कोइराला, धर्मेन्द्रकुमार बाटाजु, माधव बस्ताकोटी, उदयबहादुर केसी (लाहुरे दाइ), दिलिपकुमार श्रेष्ठ, दुर्गा रन्जित श्रेष्ठ, हिमनिधि लौडारी र महेन्द्र पौडेलले उम्मेद्वारी घोषणा गरेर चुनावी प्रचारमा लागिरहेका छन् ।
अर्जुन पोखरेल प्यानल घरदैलोमा (उद्योग वाणिज्य संघमा युवा नेतृत्व आवश्यक)
साथीन्यूज
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरामा जारी कोटिहोममा भक्तजनको घुइचो